ईमर्जिङ्ग नेपालको आईपिओ आजबाट बिक्रि खुला - Akhabaronline
Highlightअर्थ

ईमर्जिङ्ग नेपालको आईपिओ आजबाट बिक्रि खुला

काठमाडौ २७ माघ । ईमर्जिङ्ग नेपाल लिमिटेडले आज माघ २६ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गरेको हो ।

जस मध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपिओमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

Related Articles

Back to top button