जाल्पा सामुदायिक लघुवित्तको आईपिओमा नयाँ रेकर्ड, कति आवेदकले नपाउने भए शेयर ? - Akhabaronline
Highlightअर्थअर्थतन्रा

जाल्पा सामुदायिक लघुवित्तको आईपिओमा नयाँ रेकर्ड, कति आवेदकले नपाउने भए शेयर ?

काठमाडौ २६ माघ । जाल्पा सामुदायिक लघुवित्तले निष्काशन गरेको आईपिओमा माग भन्दा ६६।६५ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आवेदन दिने आज अन्तिम साँझ ५ बजेसम्ममा २६ लाख ५९ हजार ५ सय ४० जना आवेदकले ३ करोड २५ लाख २० हजार ५ सय ८० कित्ताको लागि आवेदन दिएका हुन् ।

कुनै पनि कम्पनीको आईपिओमा २६ लाख भन्दा बढी आवेदकले आवेदन दिएको यो नै पहिलो पटक हो । कम्पनीले माघ २१ गतेदेखि प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

माग भन्दा बढीको आवेदन परेकोले यस कम्पनीको आईपिओ गोलाप्रथाबाट वितरण हुने छ । जस अनुसार ४८ हजार ७ सय ९० जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २६ लाख बढी आवेदक हात खाली हुने छन् । यद्यपि यो भेरिफाई हुनु अगाडीको डाटा रहेकोले यो संख्यामा केहि तलमाथि हुन् सक्ने छ।

Related Articles

Back to top button