झापाको निर्णयले ओखलढुंगा कांग्रेसमा तरंग, दुइ केन्द्रीय सदस्यबीच कुरा नमिल्दा तेश्रो पार्टीलाई फाइदा - Akhabaronline
विचार

झापाको निर्णयले ओखलढुंगा कांग्रेसमा तरंग, दुइ केन्द्रीय सदस्यबीच कुरा नमिल्दा तेश्रो पार्टीलाई फाइदा

कमल फुयाँल,
संघीय तथा प्रदेश निर्वाचनको मिति मंसिर ४ गते घोषणा भएसंगै राजनीतिक दलहरु आफनो मताहतका उम्मेदवार उठाएर आफनो पक्षमा बहुमत जुटाउने तयारीमा जुटेका छन । यतिबेला प्रमुख शिर्ष दलहरु आगामी निर्वाचनमा आफनो पार्टीलाई बहुमत पुराउने तयारीका साथ उम्मेदवार छनौट प्रक्रियामा जुटिरहेका छन ।
प्रमुख दल नेपाली कांग्रेस गठबन्धन गरेर आफनो पक्षमा बहुमत जुटाउने तयारीमा लागेको देखिन्छ । यता प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने सिंगल चुनावी मैदानमा उत्रने तयारीमा छ । यही अभ्यास अनुसार नेपाली काग्रेस गठबन्धन र सिट बाडफाँडको विषयमा अल्झिरहेको छ ।
नेपाली कांग्रेसलाई गठबन्धन गरेसंगै सिट बाडफाडमा सकस भइरहेको छ । माओवादी केन्दसंग काग्रेसले गरेको सम्झौता अनुसार २०७४ सालको निर्वाचनमा माओवादीले विजयी हासिल गरेका प्रदेश तथा संघमा माओवादीलाई कोटा दिने कुराले यतिबेला काग्रेसमा नयाँ तरंग उत्पन्न भएको छ । काग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अगाडि बढ्ने कि पछि हटने भन्ने कुरा महत्वपूर्ण विषय बनेको छ ।
विश्वप्रकाश शर्मा चुनाव लडने क्षेत्र झापामा २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट ओखलढुंगाका राम कार्की विजयी भएका थिए । माओवादी केन्द्रसंग गरिएको सम्झौता अनुसार झापामा संघको टिकट राम कार्कीलाई काग्रेसले समर्थन गर्नु पर्ने अवस्था सिर्जना भएको छ । यद्यपी काग्रेसको महामन्त्री जस्तो पदमा पुगेका विश्वप्रकाशलाई ब्याक सारेर राम कार्कीलाई टिकट दिदा काग्रेसका योग्य तथा युवा पुस्ताका ढुकढुकी बनेका नेतालाई ब्याक सार्दा काग्रेस पार्टीभित्र नयाँ तरंग सिर्जना हुने देखिन्छ । फलस्वरुप काग्रेसले झापामा विश्वप्रकाशलाई टिकट दिएर राम कार्कीलाई आफनो गृह जिल्ला ओखलढुंगा पठाउने तयारी मोटामोटी राजनीतिक सतहमा आइ सकेको कुरा हो ।
माओवादी केन्द्रका राम कार्की ओखलढुंगाबाट चुनाव लडदै गर्दा यता काग्रेसको इतिहास बोकेको जिल्ला ओखलढुंगा काग्रेसको हातबाट फुत्किने संकेत देखिन्छ । अर्का तिर जिल्लाका चर्चामा रहेका काग्रेका नेतालाई ब्याक गर्नु पर्ने संकेत देखिन्छ । यसको असर चर्चामा रहेका केन्द्रीय सदस्य रामहरी खतिवडा, प्रदीप सुनुवार तथा सहिद पुत्र बालकृष्ण दाहाल ब्याक हुनेछन । केन्द्रको निर्णय जिल्लाले मान्नु पर्ने नियमका कारण यतिबेला झापाको कारण ओखलढुंगामा काग्रेसको संगठनमा खडेरी लाग्ने देखिन्छ ।

ओखलढुंगामा संघको टिकट दावी गर्ने को को छन ?
ओखलढुंगा जिल्लामा यतिबेला काग्रेसका तर्पmबाट संघको टिकटका लागि तीन जनाको नाम चर्चामा छ । दुइ जना केन्द्रीय सदस्य रामहरी खतिवडा र प्रदिप सुनुवार साथै सहित पुत्र बालकृष्ण दाहाल संघको टिकटको लागि दावी गरिरहेका छन । भित्र भित्रै दावी गर्ने धेरै देखिएपनि सम्भावित ब्यक्ति तीन जना देखिन्छन । रामहरी खतिवडा र प्रदीप सुनुवार देउवा निकट हुन भने बालकृष्ण दाहाल कोइराला निकट हुन ।
रामहरी खतिवडा र प्रदिप सुनुवार एउटै खेमाका भएपनि काग्रेसको १४ औँ महाधिवेशनबाट भित्री रुपमा यी दुइ नेताबीच सम्बन्ध चिसिएको छ । एकले अर्कोलाई पछि पार्ने खेलमा दुवै नेता देखिन्छन । जिल्लाको टिकटका लागि दुवै जना देउवाकोमा धाइरहेका छन । तर देउवाका विश्वास पात्र को हुन भन्ने कुरा यतिबेला महत्वपूर्ण कुरा हो । प्रदिपलाई टिकट दिए रामहरी रिसाउने रामहरीलाई टिकट दिदा प्रदिप रिसाउने भएका कारण दुइमध्ये को भन्ने कुरामा देउवाले निष्कर्ष निकालेका छैनन ।
यता ओखलढुंगाको टिकट वितरण गर्ने जिम्मा देउवाको भागमा पर्छ या कोइरालाको भागमा पर्छ भन्ने कुरा अर्को महत्वपूर्ण पाटो देखिएको छ । विगतका प्रयासहरुलाई नियाल्दा ओखलढुंगामा टिकट वितरणमा कोइराला पक्षको प्रत्यक्ष सरोकार र अडान राख्ने गरेको थियो । त्यही निरन्तरता पाउने हो भने जिल्लामा शालिन तथा सहिद पुत्र बालकृष्ण दाहालको प्रवल सम्भावना देखिएको छ । एक ब्यक्ति एक पदको अवधारणा बनाउने हो भने पनि दाहाल प्राथमिकता आउने संकेत देखिन्छ । उनी कुनै पद र ओहोदामा बसेका छैनन । दाहालसंगै चर्चामा आएका रामहरी खतिवडा र प्रदिप सुनुवार भने केन्द्रीय सदस्य समेत रहेका छन ।

राम कार्कीलाई उम्मेदवार पठाउने निर्णयले ओखलढुंगा कांग्रेसमा तरंग

माओवादी केन्द्रका पूर्व सञ्चारमन्त्री समेत बनेका नेता राम कार्कीलाई ओखलढुंगाबाट चुनाव लडाउने र अघिल्लो निर्वाचनमा कार्कीले जितेको क्षेत्रमा काग्रेसका महामन्त्री विश्व प्रकाशलाई मैदानमा उभ्याउने तयारी भएसंगै जिल्लामा काग्रेसमा नयाँ तरंग पैदा भएको छ । कार्कीलाई उम्मेदवार बनाउदै गर्दा रामहरी प्रदिप र बालकृष्ण तीनै जना कि प्रदेशमा झर्नु पर्यो कित ब्याक नै हुनु पर्यो ।
जिल्लामा काग्रेसभित्र कहिल्यै पनि सहमती नजुटने भएका कारण तेश्रो पार्टीलाई फाइदा पुग्ने संकेत देखिएको छ । खतिवडाले यस अघि पनि दुइ पटक टिकट पाइ सकेका छन । २०७० को संविधान सभाको निर्वाचनमा खतिवडाले विजयी हासिल गरेका थिए । लागत्तै २०७४ सालको निर्वाचनमा खतिवडाले निर्वाचन हारेका हुन । खतिवडाले चुनाव हार्नुमा अरुको कारण नभइ आफनै कारण चुनाव पराजय भोग्नु परेको हो ।
प्रदीप सुनुवार यस अघिको निर्वाचनमा ओखलढुंगा प्रदेश ख मा उम्मेदवारी दिएका थिए । उक्त निर्वाचनमा पराजय भोगेका थिए । प्रदेश क मा राम्रो सम्भावना हुदाहुदै प्रदेश ख मा जानु र प्रदीपलाई ख मा उठाउनु नै त्यसबेलाको गलत निर्णय थियो । प्रदीपकोे जिल्लामा राम्रै संगठन थियो । प्रदीपका धेरैले विश्वास गर्थे तर अन्तत प्रदिपले पनि पराजय भोग्नु पर्यो । पार्टीभित्रकै साथीहरुले बागी उम्मेदवार खडा गरेपछि सुनुवारले पराजय भोग्न परेको थियो । त्यसको फाइदा माओवादी केन्द्रले लियो । प्रदेश ख माओवादी केन्द्रका हिमशिखर निर्वाचित भएका थिए ।
यता कोइराला पक्षका बालकृष्ण दाहाल २०६४ सालको निर्वाचनमा क्षेत्र न १ बाट टिकट पाएका थिए । त्यसपछि २०७०  सालमा पनि उनले क्षेत्र न १ कै उम्मेदवारको टिकट प्राप्त गरेका थिए । तर दुवै पटक दाहाल पराजय बने । पहिलो निर्वाचनमा काग्रेसका कार्यकर्ता हु भनेर हिडन सक्ने अवस्था थिएन । माओवादीको दबदबाह थियो । जसका कारण चुनाव हारेका थिए । दोश्रो पटक पार्टी भित्रकै साथीहरुको चलाखीपन तथा दाहालको आफनै सोझोपनका कारण निर्वाचन पराजय भोगेका थिए । यि नै अनुहार फेरी आगामी निर्वाचनमा संघको टिकटका लागि दाबी गरिरहेका छन । तर केन्द्रले गरेको निर्णय लागु हुने हो भने यि तिनै जना ब्याक सर्नु पर्ने देखिन्छ ।
गठबन्धनले कार्कीलाई ओखलढुंगा पठाएको खण्डमा संघमा राम कार्की गठबन्धनका उम्मेदवार हुनेछन भने प्रदेश क र ख मा काग्रेसका उम्मेदवार रहने छ । यो शिराबाट चुनावी मैदानमा जाँदै गर्दा तेश्रो पार्टी एमालेलाई फाइदा पुग्ने देखिन्छ । यद्यपी एमालेले कुन उम्मेदवार उठाउछ भन्ने कुरा भर पर्ने देखिन्छ । अहिलेसम्मको अभ्यासलाई नजिकबाट नियाल्दा एमालेमा संघको लागि प्रदेश मन्त्री समेत बनेका अम्बिर बाबु गुरुङ र केन्द्रीय सदस्य यज्ञराज सुनुवारको नाम चर्चा छ । यस अघिका निर्वाचनमा संघमा यज्ञ राज सुनुवार र प्रदेशमा अम्बिरबाबु गुरुङले चुनाव जितेका थिए ।

यस विचार स्तम्भमा बालकृष्ण दाहाल २०६४ र २०७०  सालमा उम्मेदवार बनेका थिए भन्ने हुनु पर्नेमा अन्यथा भएकोले सच्चाइएको छ । -सम्पादक

 

 

Related Articles

Back to top button