कोभिड खोप कार्ड अनिवार्य गरिएको विरुद्ध सर्वोच्चमा रिट - Akhabaronline
Highlightमुख्य खबरसमाचार

कोभिड खोप कार्ड अनिवार्य गरिएको विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं १८ माघ । कोभिड खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता सल्लु तिवारी र सविन पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाई दायर गरिएको रिटमा नेपालमा खोपको अभाव र जनताले खोप लगाउँदिन भन्ने आत्मनिर्णयको अधिकार प्रयोग गरेका कारण जनसंख्याको आधा जनताले खोप नलगाएको भन्दै निवेदकले खोप कार्ड अनिवार्य गर्ने निर्णय बदरभागी रहेको बताइएको छ।

रिटमा सबै नागरिक र व्यक्तिलाई सहजताका साथ खोप उपलब्ध गराउनु भन्ने परमादेश लगायतका अन्य आवश्यक आदेश जारी गर्न माग गरिएको छ। सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने भन्दै सार्वजनिक तथा सरकारी कार्यालय, होटल रेष्टुराँमा प्रवेश नदिने पुस ३० र माघ ६ गते निर्णय गरेको थियो।

Related Articles

Back to top button