लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन - Akhabaronline
राजनीति

लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन

काठमाडौं १९ बैशाख । नेकपा एमालेका लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बनमा परेको छ । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ ९३० बमोजिम कोइरीको सांसद पद निलम्बन गरेका हुन्।

सभामुख घिमिरेको निर्देशनअनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरीको सांसद पद निलम्बनमा परेको जानकारी दिएको हो ।

कोइरीविरुद्ध फौजदारी अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ र प्रहरीको फरार सूचीमा रहेका छन् ।

Related Articles

Back to top button