तामाङ सेलोमा ‘मद्रासी हिरो’, शुक्रबार गरियो सार्वजनिक (भिडियो सहित) - Akhabaronline
मनोरञ्जन

तामाङ सेलोमा ‘मद्रासी हिरो’, शुक्रबार गरियो सार्वजनिक (भिडियो सहित)

काठमाडौ । कर्माध्वज लामा र जीतु लोप्चनको आवाजमा सजिएको ‘मद्रसी हिरो’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा सुशिल तामाङको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा निकै चर्चित नृत्य निर्देशक हेरुका लामाको अभिनय देख्न सकिन्छ । हेरुकाको साथमा अनिता गोलेको अभिनय साथमा अजयकुमार रन्जितकार पनि अभिनयमा जोडिएका छन । साथमा थुप्रै कलाकारहरुको नृत्य समावेश गरिए ‘मद्रासी हिरो’ मा फाइट सिनहरु समेत समावेश गरिएको छ । हेरुका लामाद्धारा निर्देशन तथा कोरियोग्राफी गरिएको उक्त भिडियो एक्सन प्रधान भिडियोका रुपमा देखाइएको छ ।
गीतको भिडियो निकै आकर्षक रुपमा निर्माण गरिएको छ । भिडियोमा प्रेमध्वज लामा र भारती तामाङले निर्माण गरेका हुन । भिडियोलाई आकर्षक रुपमा छयाँकन तथा सम्पादन बज्र न्याङस्युरले आफनो कला देखाएका छन ।

नेपाली गीतमा ‘मद्रासी हिरो’, शुक्रबार गरियो सार्वजनिक (भिडियो सहित)

Related Articles

Back to top button