मर्म बहुउद्देश्यीय सहकारीले पोलीक्लिनिक संचालन गर्ने - Akhabaronline
Highlightअर्थ

मर्म बहुउद्देश्यीय सहकारीले पोलीक्लिनिक संचालन गर्ने

काठमाडौं १ कात्र्तिक । सरस्वतीनगरमा कार्यालय रहेको मर्म बहुउद्देश्यीय सहकारी संस्थाले पोलीक्लिनिक संचालन गर्ने भएको छ ।

शेयर सदस्य तथा आम सर्वसाधारणलाई सहज स्वास्थ्य उपचार सेवा प्रदान गर्नका लागि संस्थाले चालु आर्थिक वर्षमा मर्म पोलीक्लिनिक संचालन गर्ने योजना बनाएको हो ।

संस्थाले असोज २९ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट शिक्षा, स्वास्थ्य, कृषि लगायतको सेवा तथा उत्पादनको क्षेत्रमा लगानी गर्ने योजना तय गरेको हो ।

साथै संस्थाले आगामी दिनमा सुपथ मूल्यमा गुणस्तरीय सामान विक्री वितरण गर्न सहुलियत उपभोक्ता पसल संचालन गर्नुका साथै सदस्यहरुलाई घरपाईकमा सेवा प्रवाह गर्न सदस्य सेवा केन्द्र विस्तार गर्ने भएको छ ।

समाजसेवी, साहित्यकार एवं हाम्रो बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष सूर्य प्रसाद डुम्रे प्रमुख आतिथि रहनुभएको कार्यक्रममा सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष अर्जुन खतिवडा विशेष अतिथि रहनुभएको थियो ।

साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष हर्क बहादुर श्रेष्ठले आर्थिक वर्ष ९आ।व।० २०७८र७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

प्रस्तुत प्रतिवेदन अनुसार गत आ।व।मा संस्थाको शेयर सदस्य संख्या ७ सय ५४ जना, शेयर पुँजी १ करोड ९४ लाख ५ हजार रुपैयाँ र कुल कारोबार ७ करोड ३० लाख ५ हजार रुपैयाँ कायम भएको छ ।

संस्थाले चालु आ।व।को अन्त्य सम्ममा शेयर सदस्य संख्या २ हजार जना र शेयर पुँजी ३ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य तय गरेको छ ।

संस्थाले सदस्यका आफन्तले विदेशबाट पठाएको पैसा भुक्तानी दिन तथा स्वदेशका विभिन्न स्थानमा पैसा पठाउन रेमिट्यान्स सेवा समेत संचालन गरेको छ ।

आईएमई पे, हिमाल रेमिट, वेष्ट्रन यूनियन र सिटी एक्प्रेससंग सम्झौता गरेर संचालन गरेको रेमिट सेवालाई यस आर्थिक वर्षमा थप विस्तार गर्ने भएको छ ।

साधारण सभाको अवसर पारेर संस्थाले ज्येष्ठ नागरिक, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गरेको छ ।

साधारण सभामा संस्थाका शेयर सदस्य, विभिन्न समितिका पदाधिकारी, कर्मचारी र शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Back to top button