साहित्य
अधुरो प्रेम
मायाको परिभाषा के हो ? माया गर्नेलाई सोधे हुन्छ
भाग्य भन्दा माथि न तिमी, न म नै हुन्छ ।
तिमी पारि म वारि हेरेरै चित्त बुझाउनु पर्यो भने
नझारे है सानु ती आँसु नभेटेरै मर्नु पर्यो भने ।
फुल्न नपाउँदै कोपिलामै झर्नु परे पनि
चित्त बुझाए है सानु भाग्यमा नै यस्तै रैछ भनी ।
भन्छन,साँचो मायाको आयु छोटो हुन्छ रे
अल्पायु मै मर्नु परे नि त्यो मनलाई समाल्ने गरे ।
यादमा जिउनका लागि एक शब्द नै काफी हुन्छ
अरुको सामु हाँस्ने यो मन किन किन एकान्तमा रुन्छ ।
मलाई सम्झेर तिमीले परेली नरुझाए
भाग्य नै यस्तै रैछ भनी त्यो मनलाई बुझाए ।
-माया पाण्डे
बाग्लुङ