योञ्जनका मुक्तक संग्रह बिमोचन कार्यक्रममा सम्पादकहरु सम्मानित - Akhabaronline
साहित्य

योञ्जनका मुक्तक संग्रह बिमोचन कार्यक्रममा सम्पादकहरु सम्मानित

काठमाडौं। साहित्यिक रचनाहरु निरन्तर प्रकाशन गरेर साहित्य क्षेत्रको बिकासका लागि महत्वपूर्ण योगदान गरेको भन्दै राजधानी काठमाडौंबाट प्रकाशित हुने तीनवटा पत्रिकाका सम्पादकहरुलाई सम्मानित गरिएको छ ।

सम्मानित हुनेहरुमा काठमाडौंबाट प्रकाशित हुने रहस्य साप्ताहिकका सम्पादक मुक्ति बास्तोला, दिब्यदर्शन साप्ताहिकका सुशील तिवारी र दिब्य चक्षुका डा. अश्वस्थामा भक्त खरेल छन्।सम्पादक त्रयलाई शनिबार प्रज्ञा प्रतिस्ठानमा आयोजित बृहत रचना बाचन तथा मुक्तककार दिलिप योञ्जन तामाङका तीन मुक्तक संग्रहको बिमोचन तथा लोकार्पण कार्यक्रममा सम्मानित गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार रामकाजी कोने तथा विशिष्ट अतिथि उषा शेरचनले मुक्तककार दिलीप योञ्जन तामाङका तर्फबाट सम्पादक त्रयलाई नगदसहित दोसल्ला ओढाएर सम्मानित गरेका थिए।साहित्यकार मदन नेपालको संयोजन तथा मुक्तककार दिलिप योञ्जन तामाङको सौजन्यमा सो सम्मान प्रदान गरिएको बताईएको छ।

हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारीकोको सभापतित्वमा सम्पन्न कार्यक्रममा योन्जनको नयाँ मुक्तक संग्रह ‘आगमन’ तथा ‘अमर’ र ‘अबिरल’ को दोश्रो संस्करणको संयुक्त बिमोचन गरिनुका साथै साहित्यकारहरुले आ-आफ्ना चोटिला रचनाहरु बाचन गरेका थिए।

Related Articles

Back to top button