कार्यक्षेत्र विस्तार गर्दै डिडान, काठमाडौ शाखाद्धारा तारकेश्वरमा तेश्रो नगर कमिटी विस्तार - Akhabaronline
Highlightमनोरञ्जन

कार्यक्षेत्र विस्तार गर्दै डिडान, काठमाडौ शाखाद्धारा तारकेश्वरमा तेश्रो नगर कमिटी विस्तार

काठमाडौ २ फागुन । नृत्य निर्देशक संघ नेपाल (डिडान) काठमाडौ शाखाले आफनो कमिटी विस्तार कार्य तीब्र बनाउदै गएको छ । डिडानले काठमाडौका विभिन्न स्थानीय स्तरमा आफनो नगर कमिटी विस्तार गर्दै आफनो कार्यक्षेत्र फराकिलो बनाउदै गएको छ ।
शाखाले चन्द्रागिरी तथा गोकर्णेश्वर नगरपालिकामा नगर कमिटी विस्तार गरिसकेको छ भने शनिवार तार्केश्वर नगरपालिकामा नगरकमिटी विस्तार गरेको हो । तारकेश्वर स्थित रि एण्ड कि फिल्मस प्रालिको सभाहल आयोजित उक्त कार्यक्रममा १३ सदस्यीय नगर कार्यसमितिको गठन भएको हो। नृत्य निर्देशक संघ नेपाल तार्केश्वर नगर कमिटी नृत्य निर्देशक संघ काठमाडौं जिल्ला शाखा को मातहतमा रहि तेश्रो नगर कमिटिको रुपमा गठन भएको हो।
शनिबार गठन भएको नगर कमिटिको अध्यक्षमा टेक बहादुर लामा, उपाध्यक्षमा लाल कृष्ण बिश्वकर्मा र शोभा थापा तामाङ सचिवमा रभी कार्की, सहसचिवमा प्रभात श्रेष्ठ, कोषाध्यक्षमा रुपा क्षेत्री, सह कोषाध्यक्षमा दिपक गुरुङ, सदस्यहरुमा कालू तामाङ, सन्तोष कुमाल,पारस कुमार अधिकारी, ज्ञानेन्द्र बहादुर खड्का, कबिता बुढा मगर र लक्षी थापा रहेका छन ।

काठमाडौं जिल्ला शाखाको अध्यक्ष बुद्ध लामाको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ, बिशेष अतिथिमा केन्द्रीय सह कोषाध्यक्ष र भक्तपुर जिल्ला शाखाको अध्यक्ष चुडामणी फुयाल, सदस्य सल्मा राई, चन्द्रागिरि नगर कमिटिका अध्यक्ष आइत सिं मगर (कृष्ण राना) उपाध्यक्ष रेशम बहादुर मगर, सचिव कृष्ण बिराज भट्ट, गोकर्णेस्वर नगरकमिटिको अध्यक्ष बाबू बिश्वकर्मा, सचिव सुमित ब्लोन ज्युहरु अतिथिको रुपमा उपस्थित रहेको थियो ।

नव गठित कार्यसमितिलाइ जिल्ला अध्यक्ष एवम कार्यक्रम सभापती बुद्ध लामाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुका साथै नव गठित कार्यसमितिका पदाधिकारीहरुलाई सभापती, प्रमुख अतिथी तथा अतिथिज्युहरुबाट प्रमाण पत्र तथा परिचय पत्र बितरण गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि भुवन दास श्रेष्ठले अहिले डिडानमा १ हजारको हाराहारिमा नृत्य निर्देशक ज्युहरु जोडिएकोमा खुसियाली ब्यक्तगर्दै फाल्गुन ६ गते मध्यपुर ठिमीमा हुन गैरहेको ‘राष्ट्रिय नृत्य महोत्स्वम २०७८ ’ लाई राष्ट्रिय नृत्य दिवसका रुपमा घोषणा गर्ने बताए । कार्यक्रममा कार्यक्रममा मन्तब्यको क्रममा चन्द्रागिरी नगरकमिटिको अध्यक्ष आइत सि मगर, सचिव कृष्ण बिराज भट्ट, गोकर्णेस्वर कमिटि अध्यक्ष बाबू बिश्वकर्मा, भक्तलुर जिल्ला अध्यक्ष चुडामणी फुयाल, केन्द्रीय सह कोषाध्यक्ष केशव कोइरालाज्युले नव निर्वाचित पदाधिकारिहरुलाइ बधाइ तथा शुभकामना दिएका थिए ।

जिल्ला सचिव देवराज गुरुङ्ले सञ्चालन गरिएको कार्यक्रमा कार्यक्रममा काठमाडौ जिल्ला शाखाका उपाध्यक्ष महेश थापाले स्वागत मन्तब्य राखेका थिए । जिल्ला शाखाका अध्यक्ष बुद्ध लामा, उपाध्यल्श महेश थापा, सचिव, कोषाध्यक्ष ममता राई, सह कोषाध्यक्ष निरु फुयाल, सदस्यहरु पुर्ण ब श्याङ्तान, लक्ष्मी पुरी, समृद्दी पन्त र भक्त कु राईको उपस्थिती रहेको थियो । कार्यक्रमको सभा समापन गर्दै सभापति तथा काठमाडौ जिल्ला अध्यक्ष बुद्ध लामाले हामीले आजको दिनमा एक खुड्किलो सफल्ता प्राप्त गरेको खुसी ब्यक्त गरेका थिए ।

Related Articles

Back to top button