नेक कब्जा गरेका हरिकृष्ण श्रेष्ठले गरे ६० करोड अनियमितता, संस्थापक सञ्चालकहरु न्याय माग्दै अदालतमा - Akhabaronline
Highlightशिक्षा

नेक कब्जा गरेका हरिकृष्ण श्रेष्ठले गरे ६० करोड अनियमितता, संस्थापक सञ्चालकहरु न्याय माग्दै अदालतमा

भक्तपुर संवाददाता
भक्तपुर १४ माघ । नेपालबाट इन्जिनियरिङ विषय अध्ययन गर्नका लागि विदेशीने नेपाली विद्यार्थीहरुलाई स्वदेशमा नै गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सातजना निजी लगानीकर्ताहरुले २०५१ सालमा स्थापित गरे नेपाल इन्जिनियरिङ्ग कलेज ।

भक्तपुर जिल्लाको चाँगनारायणमा स्थापना भएको नेक बिगत चारवर्षदेखि गुण्डाराज चलाउदै आएका इन्जिनियरको नक्कली प्रमाणपत्रधारी हरिकृष्ण श्रेष्ठको कब्जामा छ  ।

विगत ४ बर्षदेखि नेकमा कुनै पनि प्रशासनिक, शैक्षिक तथा आर्थिक  नीति नियम पालना नगरी अबैधानिक रुपमा  कलेज सञ्चालनमा रहेको छ ।

अखबारअनलाइनको सम्पर्कमा आएका एक विद्यार्थीका अनुसार यो चार बर्षमा पढाइलाई पूर्ण व्यवास्तागरी कलेजमा फि उठाउने काममात्र गरिएको छ , त्यो पनि क्यासमा । यो अवधीमा हरिकृष्ण श्रेष्ठले नेक को ब्राण्डलाई तहस नहस बनाएका छन । साथै विद्यार्थीहरुबाट नगदमा फि उठाएर बैङकिङ नीति नियमको समेत धज्जी उडाएका छन् ।

सात जना संस्थापक सञ्चालकहरु मध्ये एक संस्थापक संञ्चालक दिपक भट्टराई र हरी पाण्डेले २०५५ साल देखि २०७० सम्म कलेज एकलौटी रुपमा चलाए । उनीहरुले चलाएको यो १५ बर्षको अवधीमा कलेजलाई १७ करोडको ऋणमा पुराए ।

अर्का एक जना संस्थापक संञ्चालक, जो कलेज सञ्चालन र व्यवस्थापनमा दख्खल भएका लम्बोदर न्यौपाने जो कलेज सञ्चालन र व्यवस्थापनमा अब्बल मानिन्छन । न्यौपानेलाई अन्य सञ्चालकहरुले पटकपटक आग्रह गरी अध्यक्ष बनेर कलेज चलाउन तारन्तर  आग्रह गरेपछि न्यौपानेले नेपाल फर्किए र २०७० सालदेखि कलेज चलाए । जम्मा तीन बर्ष कलेज चलाउदा कलेजको १७ करोड ऋण तिरे सरकारलाई पाँच करोड कर तिरे अनि कलेजको खातामा २० करोड जम्मा गरे ।

तर, नेपाल इन्जिनियरिङ्ग परिषदबाट नक्कली इन्जिनियरको प्रमाणपत्र बनाएका हरिकृष्ण श्रेष्ठले कलेज कब्जा गरे र न्यौपानेसहित संस्थापक सञ्चालकहरुलाई ठगी गरेको र अकुत सम्पत्ति कमाएको भनी मुद्दा हाले ।

सात जना संस्थापक संञ्चालक रहेको नेकमा हाल पाँच जनामात्र संस्थापक संञ्चालक रहेका छन । दुइ जनाको निधन भइसकेको छ । मृत्यु भएका संञ्चालकको ठाउमा आफुलाई अबैधानिक रुपमा सञ्चालकको रुपमा प्रस्तुत गर्दै हरिकृष्ण श्रेष्ठले जबरजस्ती गुण्डा लगाएर संस्थापक संञ्चालक कसैलाई पनि कलेज प्रवेश गर्न दिएका छैनन । कलेजसंग कुनै पनि सम्बन्ध नरहेका ब्यक्तिसंग मिलेर कलेज कब्जा गर्ने र कलेजको सम्पूर्ण आयश्रोत अपचलन गर्ने योजनामा श्रेष्ठ लागेका छन् ।

नेक मा कार्यरत कर्मचारीहरु र कलेज रहेको चागुनारायणका स्थानीय बासिन्दाहरु नेकका अध्यक्ष न्यौपानलाई कलेज कब्जा गरेका हरिकृष्ण श्रेष्ठले फसाउन खोजेको बताउछन ।

नाम उल्लेख नगर्ने सर्तमा लेखा शाखाका एक कर्मचारीले भने -लम्बोदर सरले तीन बर्षमा १७ करोड ऋण तिरेर थप २० करोड कलेजको खातामा राख्नु भयो । हरिकृष्ण श्रेष्ठले कलेज कब्जा गरेको ४ बर्ष भयो तर, यो अवधीमा बैँक खाताको पैसा बढनु त परै जावस, न्यौपानेको कार्यकालमा बैँकमा जम्मा गरिएको २० करोड समेत रित्तिएको छ ।

अहिले श्रेष्ठ कलेज कब्जा गरेको आफनो ४ बर्षको कार्यकालको अनियमितता लुकाउदै उल्टै संस्थापक संञ्चालकहरुमाथि सम्पत्ति सुद्धिकरणको माग राखेर राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धिकरण  विभाग, महान्यायाधीवक्ताको कार्यालय र अदालतमा मुद्दा हाल्दै हिडेका छन ।

आफुले अनियमित तरिकाले कमाएको पैसालाई लुकाउन श्रेष्ठले विभिन्न माध्यमको प्रयोग गरी संस्थापक संञ्चालकहरुको गलत प्रचार गर्दै आएका छन् । यो बीचमा श्रेष्ठको आर्थिक अनियमितताको पाटोमात्र उजागर भएको छैन, उनी नक्कली इन्जिनियरको प्रमाणपत्रधारी रहेको समेत  खुलिसकेको छ । जसलाई ढाकछोप गर्न नगदमा उठाएको विद्यार्थीहरुको शुल्कलाई विभिन्न शक्ति केन्द्रमा दिदै प्रभाव पारिरहेका छन र संस्थापक संञ्चालकहरुलाई निरिह बनाएका छन ।

संस्थापक संञ्चालकहरुलाई उनीहरुले स्थापना गरेको कलेजको शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधिमा जबरजस्ती बन्चित बनाइएको छ  , गुण्डाहरुको प्रयोग गरी संस्थापक संञ्चालकहरुलाई कलेज प्रवेशमा समेत रोक लगाइएको छ । नेक को यस घटनाबारे स्थानीय प्रशासन विभिन्न सरकारी निकायहरु मौन प्राय: छन् ।

नेपालको नीजि क्षेत्रको सबैभन्दा पहिलो र  ठुलो इन्जिनियरिङ्ग कलेज,  नेपाल इन्जिनियरिङ्ग कलेज विगटनको अवस्थामा पुगेको छ र यहाँ अध्ययनरत विद्यार्थीहरुको भविष्य नक्कली प्रमाणपत्रधारी र अवैधानिक रुपमा कलेज कब्जा गरेका हरिकृष्ण श्रेष्ठको कारण अन्यौल बनेको छ ।

Related Articles

Back to top button