निगमले फेरी बढयो इन्धनको मूल्य, पेट्रोलको मूल्य कति पुग्यो ? - Akhabaronline
Highlightमुख्य खबरसमाचार

निगमले फेरी बढयो इन्धनको मूल्य, पेट्रोलको मूल्य कति पुग्यो ?

काठमाडौं २० माघ ।

नेपाल आयल निगमले नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रूपैयाँले बढाएको छ।

निगमले आज साँझ विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको जनाएको हो। निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रति लिटर १ सय ४२ रूपैयाँ तोकिएको छ।

यसैगरी डिजेल र मट्टितेलको प्रति लिटर मूल्य १ सय २५ रूपैयाँ पुगेको छ। निगमले आन्तरिक हवाई इन्धनमा प्रति लिटर १ सय १६ रूपैया मूल्य तोकेको छ। निगमले हवाई इन्धनमा १० रूपैयाँ मूल्य बढाएको हो।

तर निगमले एलपी ग्यासको मूल्य भने बढाएको छैन। निगमले यस अघि माघ ५ गते राती १२ बजे लागु हुनेगरी पेट्रोल र डिजेल र मट्टितेलमा ३ रुपैया वृद्धि गरी काठमाडौं (निगमको डिपो क्षेत्रको १५ कि मि परिसर भित्र) को लागि नयाँ खुद्रा विक्रि मूल्य क्रमशः १३९ र १२२ कायम गरेको थियो । आन्तरिक हवाई ईन्धनमा प्रति लिटर ५ ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर १०६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरेको थियो ।

Related Articles

Back to top button