सहिद स्मारक ए डिभिजन लिग : पुलिस क्लबको संघर्षपूर्ण जीत - Akhabaronline
खेलकुद

सहिद स्मारक ए डिभिजन लिग : पुलिस क्लबको संघर्षपूर्ण जीत

काठमाडौँ २६ माघ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत स्थगित भएको खेलमा च्यासल युथ क्लबविरुद्ध विभागीय टोली नेपाल पुलिस क्लब विजयी बनेको छ ।

च्यासल युथ क्लबलाई २–१ गोलले हराउँदै पुलिसले नवौँ चरणको खेलमा जित निकालेको हो। यसअघि च्यासलका खेलाडीमा कोरोनाको पोजेटिभ संकेत देखिएपछि स्थगित भएको खेलमा नेपाल पुलिसले बाजी मारेको हो। तुलनात्मक हिसाबमा कमजोर देखिएको च्यासलविरुद्ध पुलिसले सुरुआतबाट नै दबाब दिएर खेलेको थियो।

सोही क्रममा पुलिसका रविशंकर पासवानले ३७ औं मिनेटमा पुलिसका लागि खाता खोलेका थिए। त्यसअघि पनि पुलिसले केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न निकै असफल भएको थियो।

Related Articles

Back to top button