मुख्य खबर
गाँजा तस्कर समाउन गएका प्रहरी हवल्दार घाइते, तस्करी फरार
काठमाडौ ७ जेठ । गाँजा तस्कर पक्राउ गर्न खोज्दा एक जना प्रहरी घाइते भएका छन ।
विराटनगर महानगरपालिका –१८ मुसहरी टोलबाट २२ किलो ग्राम गाँजा बरामत गर्ने क्रममा प्रहरी हवल्दार घाइते भएको मोरङका डिएसपी एवं प्रवक्ता रन्जन कुमार दाहालले जानकारी दिए ।
उनका अनुसर भारत तर्फ गाँजा लैजाँदै गरेको सुचना पाएपछि प्रहरी पक्राउ गर्न जाने क्रममा प्रहरी अएको सुचना थहापाएपछि गाँजा फ्यालेर भाग्न खोजेका ब्यक्तीलाइ नियन्त्रणमा लिनकालागी लखेट्ने क्रममा इलाका प्रहरी कार्यालय बुधनगरका सहायक हवल्दार ३१वर्षीय राजा साह घाइते भएका हुन् ।
उनको कोशी अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा राखिएको भएपनि सो घटनामा संलग्नहरु भने फरार हुन सफल भएका छन् ।
उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।