सुन्दर संसार प्रेमले सजाऊ - Akhabaronline
साहित्य

सुन्दर संसार प्रेमले सजाऊ

-रोशनी घिमिरे

जन्मदै जगतमा प्रेम लिइ आऊ
प्रेमको भेटी दुनिया चढाऊ
तृष्णा मेटाइ किन भाग्छौ आऊ
बिचित्र पोल्दछ नदेखिने घाउ ॥

खोज्दैछु सारा मानसपटल भित्र
भेटिन्नन् किन प्रेम शुद्ध चित्र
बिन्ती बिसाई जोड्दछु हात
थाहा छ मलाई विषको राप ॥

प्रेमिल नेत्र सारा छैनन् जहाँ
मायावी भाव बग्दैनन् त्यहाँ
छाम्दछु मुटु चल्दछ कहाँ
मायावी भाव बग्दछ जहाँ॥

प्रेम के हो बुझेर त जाऊ
प्यासी तिमी किन भाग्छौ आऊ
अमृत के हो चाखेर बताऊ
सुन्दर संसार प्रेमले सजाऊ ॥

Related Articles

Back to top button