संसदमा टेवल भएन एमसीसी प्रतिपक्षको अवरोध पछि बैठक स्थागित - Akhabaronline
मुख्य खबरराजनीति

संसदमा टेवल भएन एमसीसी प्रतिपक्षको अवरोध पछि बैठक स्थागित

काठमाडौं ६ फागुन । शुक्रबार बोलाइएको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोधका कारण स्थगित गरिएको छ ।

शुत्रबार प्रतिनिधिसभाको बैठक सुरु हुनसाथ प्रतिपक्षले अवरोध खडा गरेपछि सभामुख अग्नी सापकोटाले फागुन ८ गतेसम्मका लागि बैठक स्थागित गरेकाह हुन । अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७र०७८ पेश गर्न कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूलाई समय दिएका थिए।

उक्त प्रतिवेदन पेश भएसँगै सभामुख सापकोटाले फागुन ८ सम्मका लागि बैठक स्थगित गरेका हुन्। बाहिर एमसिसी टेबल हुने हल्ला चले पनि एमसिसी टेबल भएन। आजको बैठक पनि सुरु हुनासाथ एमाले सांसदहरू उठेर नाराबाजी सुरु गरेका थिए।

संसदको अवरोध हटाउने तथा एमसिसीबारे बिहीबार राति अबेरसम्म प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता भएको थियो। यद्यपि, कुनै निकास निस्किएको भने छैन।
सत्ता गठबन्धनले पनि अर्को बैठक आइतबारका लागि बोलाएको छ। उक्त बैठकले राजनीतिक सहमति गरी एमसिसीबारे निकास दिने नेताहरूले दाबी गरेका छन्।

Related Articles

Back to top button