साताको पहिलो दिन सेयर बजारमा गिरावट - Akhabaronline
Highlightअर्थसेयर बजार

साताको पहिलो दिन सेयर बजारमा गिरावट

काठमाडौ २३ माघ । साताको पहिलो दिन आज आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज ४०।५७ अंकले घटेर घटेसँगै नेप्से सूचक २८३६।१७ को विन्दुमा आईपुगेको छ ।

आज २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँमा किनबेच भएको छ । आज कारोबारमा आएका सबै समूहको सूचक ओरालो लागेको छ ।

वित्त समूहको सेयर २।४१ प्रतिशतले घट्दा डेभलपमेन्ट बैंकको १।९६ प्रतिशत, व्यापार समूहको १।६६ प्रतिशत, जलविद्युत तर्फको १।१३ प्रतिशत र लगानी समूहको १।३१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज नेपाल हाइड्रो डेभलपर्स कम्पनीको सेयर मूल्य ८ प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रो पावरको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको ५४ करोड ४९ लाख बढी मूल्यको सेयर कारोबार भएको छ ।

Related Articles

Back to top button