काठमाडौं १७ माघ । आइतबार एक सय पाँच अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से आज सोमबार भने दोहोरो अंकले घटेको छ।
नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर दुई हजार आठ सय ७१ दशमलव शून्य पाँच विन्दुमा झरेको छ। सोमबार माइक्रोफाइनान्स, अन्य र लगानीबाहेक सबै समूहको सेयर घटेको छ।
बीमा, उत्पादन र विकास बैंकको सेयर उच्च अङ्कले ओरालो लागेको छ। आज दुई सय २५ वटा कम्पनीको एक करोड एक लाख कित्ता सेयर पाँच अर्ब १५ करोड ४१ लाख रुपैयाँमा कारोबार भएको छ।
सबैभन्दा धेरै एचआइडिसिएलको ५७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। आज माउन्टेन हाइड्रो नेपाल र सिभिल लघुवित्त कम्पनीको सेयर झन्डै साढे तीन प्रतिशतले घटेको छ।
समग्र बजार घटे पनि फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल माइक्रोफाइनान्स र बुद्धभूमि हाइड्रोको सेयर भने १० प्रतिशतले बढेर सर्किट लागेको छ।