काठमाडौ २ माघ । माघ महिनाको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ । यो दिन बजारमा इन्डेक्ससहित कारोबार रकममा पनि उछाल आएको छ । कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म आइपुग्दा ६९ अंकले बढेर परिसूचक २९२६।७४ बिन्दुमा रोकिएको छ । यो दिन सेयर बजार २।४१ अंकले बढेको छ ।
२२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा स्टयान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मध्ये भोटेकोशी जलविद्युत कम्पनीको पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा किसान लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रिलरी, सिन्धु विकास बैंकको सेयर मूल्य बढेको छ । यी कम्पनीमा लगानी गरेका लगानीकर्ताले कमाएका छन् ।
कारोबारमा कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ ३९।४७, विकास बैंक १४३।४२, फाइनान्स ५६।६२, जलविद्यूत ७५।२६, जीवन बीमा ३८९।५१, उत्पादन तथा प्रशोधन ४०९।८२, माइक्रोफाइनान्स ११०।४५, निर्जीबन बीमा समूहको उपसूचक २६६।२२ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३६ करोड ४३ लाख १७ हजार ५३१ रुपैयाँको सेयर किनबेच भएको छ ।