एउटा राजनीति नबुझ्ने नागरिकको सपना - Akhabaronline
Highlightविचार

एउटा राजनीति नबुझ्ने नागरिकको सपना

हामीले धेरै समाचार होस या नेताहरूको भाषणमा सुन्ने अनि पत्र पत्रीकामा पढ्ने गरेका छौं । युवा पुस्ता राजनीतिमा आउनुपर्छ । नितिहरुको पनि राजा हो राजनीति, यहि राजनीतिले चलाउँछ देश । तर किन युवा पुस्ताको नै राजनीति प्रति बितृष्णा देखिन्छ त ? किन युवाहरु नै ‘पलिटिक्स इज अ डर्टी गेम’ भन्दै हिँडेका छन् त ? किन राजनीति को चाबी लिएर पुरानो पुस्ता मात्रै हाबी हुँदैछ त ? राजनीति भनेको ब्याक्ती आफैले मात्रै राज गर्ने नीति हो त ? पछिल्लो समय हाम्रो राजनीतिक अवस्था देख्दा म खासै राजनीति नबुझ्ने भए पनि मेरो मनमा केही प्रश्नहरु सलबलाइरहेका छ्न ! मेरा मनमा लागेका राजनीति प्रती बिचारहरु ?

राजनीतिमा लाग्न या पार्टी खोल्न निश्चित योग्यता अनिवार्य हुनुपर्छ साथै अत्यन्तै सक्षम छनौट समिति गठन गरिनुपर्छ, जो कोहीले पनि पार्टी खोल्न पाउने गरी पार्टी खोल्नुलाई सस्तो पसल खोलिनु जस्तो बनाइनु हुँदैन । यसै गरी समाजसेवा या निस्वार्थ रुपमा कुनै नेतृत्वमा बसेर त्यसमा सफल भैसकेका ब्याक्तित्वलाई मात्र पार्टी खोल्न या राजनीतिमा लाग्न ढोका खुला गरिनुपर्छ । कार्यकारी पदमा चयन या निर्वाचित हुनको लागि जनताद्वारा प्रत्यक्ष भोट पाउनुपर्छ । मतदाता सचेतना कर्मकाण्डी हैन, वास्तवमै जनताले बुझ्ने भाषामा नतिजामुखी हुनुपर्छ ।

जनताले पनि भोटिङ भनेको अधिकार र कर्तव्य दुबै हो भनेर बुझ्नुपर्छ र एक बोतल र एक प्लेटमा नबिकि राम्रोसँग नयाँ नेतृत्वलाई स्विकार्नुपर्छ, आखिर पुरानाको मूल्याँकन त गरेकै हो ? जनतालाई प्रतिनिधि छान्न सकस त हुन्छ नै, यसको लागि पार्टीले जारी गरेको घोषणापत्र जनताले राम्रोसँग पढ्नुपर्छ र त्यसमा भएका प्रतिबद्धता कसरी पुरा हुन्छन् भनेर रोडम्याप प्रस्तुत गर्न खुला रुपमा बहस हुनुपर्छ । त्यसैले घोषणापत्र अत्यन्तै ब्यबहारिक र माटो सुहाउँदो हुनुपर्छ, भोट बटुल्न तयार गरिएको मह्त्वाकांक्षी हुनुहुदैन ।
प्रजातान्त्रिक संबिधानले पार्टी खोल्ने र राजनीति गर्ने स्वतन्त्रता सबैलाई दिएको छ तर शुरु गर्नुपुर्व राजनीति पेशा हैन, सेवा र अवसर हो भन्ने बुझ्नुपर्छ । कमाउने उद्देश्यले राजनीतिमा प्रबेश गर्ने कुरा कल्पना पनि नगरियोस् , नेतृत्वमा नेता मात्र हैन कसैले पनि अकुत सम्पत्तिबारे सोच्न पनि नसकुन्।

अहिलेसम्म राजनीति, कर्मचारीतंत्र जहाँ होस् समस्या भनेको दण्डहीनता नै हो, नैतिकताको खडेरि नै हो, मेरो भैंसी मेरै लठ्ठी भन्ने मानसिकताबाट पर हुनु जरुरी छ ! आजको सरकार १६ औं शताब्दीको जस्तो कर उठाउ अनि मोज गर हैन, कल्याणकारी हुनुपर्छ ? प्रतिपक्ष पनि सरकारको बागडोर सम्हाल्ने पालो कुरेर बस्नु हुँदैन, रचनात्मक सुझाव दिने, जनता र सरकारको बिच पुल बन्ने वास्तविक समानान्तर सरकारको भुमिकामा बस्नुपर्छ । विशेषज्ञ सम्मीलित अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठन हुनुपर्छ । जुन कुनै पनि राजनीति भन्दा बाहिर होस् र संबिधानका आधारमा तुरुन्तै कारबाही गर्न सकोस् ! चाहे त्यो सरकार प्रमुख होस् या राष्ट्रप्रमुख, कसैको गल्ति माफ नहोस्।
संबिधान भन्दा माथि कोही छैन । राम्रा काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई कारबाहीको परिपाटी बसोस् ।

-शोबु कटवाल

Related Articles

Back to top button