समाज रुपान्तरण शिक्षा एक्लैले गर्दैन, संस्कार सहितको शिक्षाले गर्छ .. - Akhabaronline
विचार

समाज रुपान्तरण शिक्षा एक्लैले गर्दैन, संस्कार सहितको शिक्षाले गर्छ ..

समानता सबैलाई पृय लाग्ने शब्द हो, यो कसैले कसैलाई बक्सिएको दया भन्दा पनि संबिधान प्रदत्त अधिकार हो (नेपालको संविधान २०७२, भाग ३) विकासको पथमा लम्किनुपर्ने समाज अत्यन्तै साना साना कुराहरुमा अल्झेर यसलाई उल्टो दिशामा धकेलेको भान दिइरहेछ ।
समाज रुपान्तरण शिक्षा एक्लैले गर्दैन संस्कार सहितको शिक्षाले गर्छ ।

अव विद्यालय, शिक्षक, र अभिभावकले आफुले आफ्ना विद्यार्थी र छोराछोरीलाई कस्तो शिक्षा दिने भन्ने कुराले पनि फरक पार्छ ।
साथै कस्तो संस्कारमा हुर्काएका छौं भनेर आफैलाई फर्केर हेर्ने बेला आएको छ ।

जहाँसम्म समनता तथा विभेदको कुरा छ, यो त जन्मदेखि नै शुरु भएको देखिन्छ, एउटा नारीले आफ्नो कोखमा आएको बच्चा पुरुष होस् भनेर कामना गर्ने समाजमा अझै पनि हुर्किरहेका छौं हामी, यसमा ति नारीको सोचाइको दोष मात्र हैन, उनि चाहन्नन आउने सन्तानले उनले जस्तै नारकिय जिवन भोग्न परोस् ।

कुरा यहाँ टुंगिने हैन,सानैदेखि छोरीलाई सिकाउन थालिन्छ, पुर्व स्थापित परम्परा अनुसारको ब्यवहार गर्न, रोकिन्छ उचो स्वर गर्न, अनि गिराइन्छ हरेक शब्दमा । समाजका हरेक नियमहरु उसैका लागि लागु हुन्छन् । मनोबैज्ञानिक रुपमा यति कमजोर बनाइन्छ कि साँच्चि नै उसलाई महशुश हुन्छ, उ कमजोर नै हो । एउटा सामन्य उदाहरण उसलाई घरबाट बाहिर निस्कन एउटा बिशेष समय तोकिन्छ, सो समयभन्दा पछि जानै परे पनि १८ बर्षको दिदिको रक्षक १२ बर्षको भाई हुन्छ ।

विभेदको परम्परा विवाहपछि पनि कायम नै हुन्छ । महिलाले दाइजोसँग सौदावाजी गर्नुपर्छ । सम्पत्तिले कहिले पुग्दैन अनि शुरु हुन्छन् पारिवारिक कलह, खन्याइन्छन् पेट्रोल नि जलाइन्छन् नारीहरु अनि संगै जलाइन्छन् यि समाजका सभ्यताहरु ।

सोचनीय कुरा के भनें घटना नघट्नु पर्ने घटे, त्यसको निश्पक्ष छानविन हुन धेरै गाह्रो छ, शुरु मा नै मोलमोलाई बाटै शुरु हुन्छ, घट्ना लुकाउन शुरु हुन्छ चिनाई अनि चिनाईले नपुगेपछि किनाई बाट घटनालाई साम्य पारिन्छ । समाजमा हुने, हत्या, हिंसा वलात्कारका यि घट्नामा अझै पनि कानुन निश्पक्ष र प्रभावकारी ढंगले हावी हुनै सकेको देखिन्न । सानाहरुलाइ ऐन ठुलाहरुलाई चैन यसै भनिएको हैन ।

हिंसा र भेदभाव जस्ता असोभनिय कार्य उच्च ओहदामै रहेका ब्यक्तिबाट बढि हुँदा यही समाजलाई सभ्यताले नै गिज्याएको देखिन्छ ।

कानुनतस् सरकारले बिशेष ब्यवस्था सहित महिला अधिकारको संरक्षण गरेको देखिन्छ । मौलिक हकमा महिलाको हक को ब्यबस्था होस् या कोटाको ब्यबस्था होस्, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको स्थापना गरि महिलाको हकहितमा काम गर्ने मात्र नभै संवैधानिक आयोगको रुपमा छुट्टै महिला आयोग गठन नगरेको हैन तर कागजमा मात्र सिमित् कानुनले महिलालाई अधिकार सहि रुपमा प्रदान गर्दैन, प्रभावकारी कार्यान्वयन जरुरी छ ।

कुरा महिला अधिकारको मात्र हैन, समानताको हो, संस्कारको हो । कुरितिमुक्त समाजको हो, परिष्कृत र व्यावहारिक समाजको हो । यहाँ कानुन एउटा रक्षकको रुपमा उभियोस् र हरेक् नागरिकले स्वतन्त्रतापुर्वक सम्मानपुर्ण जिवन बाँच्न पाउन भन्ने हो ।

अर्कोतिर यो संस्कारमा बिचलन आउनुमा पुरुषलाई मात्र दोष लगाउनु मुर्खता सिवाय केहि हुँदैन। नारीहरुले आफुले पाएको अधिकारको सहि सदुपयोग नगरेर हिंसा र भेदभावको शिकार भएको कुरा एकातिर छ भने आफुले पाएको अधिकारको गलत प्रयोग गरी निर्दोष पुरुषलाई फसाएको उदहरण पनि भेटिन थालेका छन् ।केही महिना अघि १२ कक्षा पढ्दै गरेको एक युवकलाई दुइ सन्तानकी आमाले सम्पतिको लोभमा फसाएर जिन्दगी नै वर्वाद बनाएको घटना समाचार मा पढेकी थिए ।

हाम्रो समाजमा सामन्य कुराकानी नमिल्दा बलात्कारको मुद्दा हाल्ने सम्मका घट्नाहरुले महिला पनि उत्तिकै दोषी छन् भन्ने प्रष्ट हुन्छ । परिवार र श्रीमती भन्दै खाडीमा आफ्नो पसिना बगाएर सुनौलो सपना देख्ने एउटा पुरुष उस्तै उत्साहका साथ सबै दुस्ख लुकाएर घर फर्किदा न सम्पत्ति न श्रीमती भएका कुरा कथा हैन, तितो सत्य हो ।

हत्या, हिंसा र बलात्कारका घट्ना यसरी बढ्नुमा आमाबाबुको पनि उत्तिकै दोष छ, आफ्ना छोराछोरी परिपक्व नहुने बेलासम्म उनिहरुको हरेक कृयाकलापको निगरानी राख्नु अत्यावश्यक छ ।मिठो बोल्ने, आफु उदाहरण बन्ने, सम्झाउने गर्न नस्क्दा उनिहरु कुलतमा लागेको पत्तै पाइदैन । अभिभावक नै पहिलो गुरु हुन भने उनिहरुलाई साथ र सहयोग मात्र हैन सही र गलत बाटोमा हिडे नहिडेको थाहा दिने र सही बाटोमा जान प्रेरित गरिरहनुपर्छ ।

आफ्ना छोराछोरीलाई लगानी गरेको पैसाले कम महत्व राख्छ जति तपाईंले गर्नुभएको समयले राख्छ । हिंसा, हत्या, बलात्कारजस्ता घट्नाको कुनै जात, धर्म, लिंग हुंदैन न त यसको ओहदा नै हुन्छ, यो एउटा अपराध हो, प्रवृति हो, अब अपराधी हैन, अपराधलाई घृणा गरौं । कानुनलाई प्रभावकारी ढंगले कार्यान्वयन गरौं । छानविनको दायरा फराकिलो होस्, निश्पक्ष होस् । ुनिर्मलाहरु ननिस्किउन, भागीरथीहरुले पिडा भोग्नु नपरोस् । चाहे पुरुष होस् या महिला कसैले पनि असमानताको जालोमा फस्नु नपरोस्, कानुन सबैलाई समान होस्, संस्कार रुपि शिक्षाले मानव सभ्यतालाई सत्मार्गमा डोहोर्याओस् । सभ्यता र समानता सहितको सुसंस्कृत समाजको हाम्रो परिकल्पना पुरा होस् ।

-शोबु कटवाल

Related Articles

Back to top button