प्रविण प्याथाको ‘जीवनसाथी’ सार्वजनिक (भिडियो सहित) - Akhabaronline
मनोरञ्जन

प्रविण प्याथाको ‘जीवनसाथी’ सार्वजनिक (भिडियो सहित)

 

काठमाडौ ४ जेठ । नेपाली साङगीतिक क्षेत्रमा एउटा नयाँ आयाम थपिएको छ । प्रविन प्याथाको शब्द संगीत र आवाजमा रहेको जीवन साथी बोलको गीत यतिबेला युटयुव च्यानल मार्पmत सार्वजनिक भएको छ । सर्जक प्रविन प्याथाले आफनै अफिसियल च्यानलबाट गीत सार्वजनिक गरेका हुन ।
गीतमा शब्द संगीत प्रविन प्याथाको रहेको छ भने स्वर पनि प्रविणकै रहेको छ । प्रविनको साथमा बन्दना श्रेष्ठको आवाज समेटिएको छ । सुवास जोशीको संगीत संयोजन रहेको उक्त गीतलाई अशोक महर्जनले मिक्सिङ गरेका हुन ।
गीतको भिडियोमा पविन प्याथा स्वयम फिचरिङमा छन भने प्रविनको साथमा अदिती श्रेष्ठ र न्हुनीफा श्रेष्ठ प्याथा अभिनय रहेको छ । राज श्रेष्ठले छायाँकन गरेको उक्त गीतको भिडियोमा प्रविन आफैले निर्देशन गरेका हुन । निकै आकर्षक एवं कलात्मक अभिनय तथा निर्देशन शैली गीतको भिडिमा देख्न सकिन्छ । शिरिस भण्डारीको कन्सेप्टमा भिाडियो तयार गरिएको गीतका निर्देशक तथा गायक एवं संगीतकार प्रविण प्याथा बताउछन । गीत भक्तपुरका विभिन्न स्थानहरुमा छायाँकन गरिएको छ ।
भिडियोमा हेर्नुहोस

 

 

Related Articles

Back to top button