बीस बर्षसम्म जिल्लाको बिकासमा सिन्को नभाँच्नेहरुले जनतालाई भ्रमित बनाईरहेको राईको आरोप - Akhabaronline
Uncategorizedराजनीति

बीस बर्षसम्म जिल्लाको बिकासमा सिन्को नभाँच्नेहरुले जनतालाई भ्रमित बनाईरहेको राईको आरोप

सोलुखुम्बु ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनका लागि नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानबीर राईले जिल्लाको समग्र बिकासका लागि नेकपा एमाले लाई बिजयी गराउन आग्रह गर्नुभएको छ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका राईले जिल्लाको माप्यदुधकोशी गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेला तथा चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो।वहाँले जनप्रतिनिधिका रूपमा २० बर्षे समय ब्यतित गर्दा पनि जिल्लाको बिकासका लागि सिन्को भाँच्न नसक्नेहरु फेरि जनतामा भ्रम छरेर संसदमा पुग्ने दुस्साहस गरिरहेको बताउंदै राईले जनता सचेत भएका कारण उनीहरुको सपना यस पटक पुरा नहुने दावी गर्नुभयो।नेचासल्यानमा विद्युतीकरणका लागी केन्द्रीय प्रशारण लाईन जोड्न पटकपटक अवरोध पुर्‍याउने मुख्य ब्यक्ति अहिले आफ्नो प्रतिस्पर्धी रहेको चर्चा गर्दै राईले बिकास बिरोधिहरुलाई तह लगाउन मंसिर ४ गतेको उपयुक्त दिन भएको बताउनुभयो।जसले नेचासल्यानमा विद्युतीकरणका लागी केन्द्रीय प्रशारण लाईन जोड्न पटकपटक अवरोध गर्‍यो उसैका कारण दिप्लीघाट र थिर्दीघाटको मोटरेबल पुल निर्माण रोकिएको हुनसक्ने राईको आशंका थियो।

सोलुखुम्बुमा नेकपा एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउंदै वहाँले भन्नुभयो, त्यसपछि जिल्लाको बिकास र समृद्धिले गति लिने छ।त्यसको स्पष्ट खाका आफुहरुसंग रहेको पनि उम्मेदवार राईले बताउनुभयो।

नेकपा एमाले माप्यदुधकोशी गाउँपालिका कमिटी अध्यक्ष जुनिता रेग्मी मगरको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सोलुखुम्बु प्रदेश निर्बाचन क्षेत्र ‘ख’ का उम्मेदवार बुद्धि कुमार राजभण्डारी,नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बास्तोला,सचिब आशकुमार राई ‘शिशिर’ लगायतका नेताहरुले पनि सम्बोधन गरेका थिए।

Related Articles

Back to top button